काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वका १ सय ६५ देशमा फैलिसकेको छ ।

कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाली सहयोग संगठन सार्कमा आबद्ध देशहरू पनि अछूतो छैनन् । आठ देश रहेको सार्कमध्ये नेपाल भने अहिलेसम्म भाग्यशाली सावित भइरहेको छ ।

नेपालबाहेक सार्कका सबै देशमा अहिले कम्तिमा एक र बढीमा २४७ जनासम्म कोरोना संक्रमित रहेका छन् । हुन त सुरुवातकै समयमा नेपालमा पनि एक जनाको कोरोना देखिएको थियो । तर, ती व्यक्ति उपचार पाएर घर फर्किसकेका छन् । यस हिसाबले आजको मितिसम्म नेपालमा एक जना पनि कोरोना भाइरस संक्रमित छैनन् ।

यता, सार्कका अन्य देशको कुरा गर्ने हो भने कोरोनाको संक्रमणबाट सबभन्दा बढी पाकिस्तान प्रभावित भएको छ । पाकिस्तानमा २ सय ४७ जनामा कोरोना देखिएको छ । जसमध्ये एक जनाको मृत्यु र २ जना निको भएका छन् ।

त्यस्तै, भारतमा एक सय ४७ संक्रमित देखिएकोमा तीन जनाको मृत्यु र १४ जना निको भएका छन् । श्रीलंकामा संक्रमित ४४ र उपचार पाएर निको भएका १ जना छन् ।

त्यसैगरी, अफगानिस्तानमा संक्रमित २२ र उपचार पाउने १, माल्दिभ्समा संक्रमित १३ जना छन् । भुटानमा भने एक जनामा संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.