एजेन्सी । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीनले कडा आपत्ति जनाएको हो । राष्ट्रपति ट्रम्पले यस्तो अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसप्रति कडा आपत्ति जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई चेतवानी दिँदै चीनलाई दुव्र्यवहार गर्नुअघि उनीहरूले आफ्नो काममा ध्यान केन्द्रित गर्नुपर्छ भनेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएका थिए ।

पछिल्लो साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि कोरोना भाइरस फैलाएको दोष अमेरिकी सेनामाथि लगाएका थिए । उक्त आरोपको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले गलत हल्ला फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

चीनको वुहानबाट सुरु भएको कोरोना महामारीले विश्वका १ लाख ९० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब ८ हजारको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.