हुलाकी न्यूज, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवं पूर्व शिक्षामन्त्री चित्रलेखा यादवकी बुहारी रानी यादवले गम्भीर आरोप लगाएकी छिन्।

आफ्नै ससुरा डा.श्रीकृष्ण यादवले यौन हिंसा गरेको आरोप रानीले लगाएकी छिन्।
ससुरा श्रीकृष्ण यादवले आफूमाथि ५ बर्षदेखि यौनहिंसा गर्दै आएको रानीको आरोप रहेको छ। चित्रलेखाका पति श्रीकृष्ण यादव लोकसेवा आयोगका पूर्वसदस्य हुन्।

रानीले आफ्नो फेसबुक पेजमा आफैले हस्ताक्षर गरेको पत्र पनि सार्वजनिक गरेकी छिन्।
२०७६ चैत २(मार्च १५)मा फेसबुकमा पोष्ट गरेको ८ पेजको लिखित पत्रमा सासु रानीले सासु चित्रलेखाले पति डा. श्रीकृष्णले यौनहिंसा गरेको थाहा पाएर पनि रोक्नुको साटो उल्टै उकासेको आसय आएको छ।

रानीका श्रीमान अमेरिकामा बस्छन् । उनीहरुको ४ बर्षका एक छोरा पनि छन् । त्यही छोराका खातिर आफूले ५ बर्षदेखि ससुराको यौनउत्पीडन सहँदैआएको उनले उल्लेख गरेकी छन् । डा. श्रीकृष्ण यादवले गरेको यौनहिंसाका बारेमा सिरहामा उनका आफन्त सबैलाई सुनाउँदा पनि कोही पनि उनीहरुका शक्तिका कारण बोल्न नसकेको रानीले उल्लेख गरेकी छन् ।

यता सांसद चित्रलेखा यादवले रानी यादव आफ्नो बुहारी भएको स्वीकार गर्दै फागुन २६ गते सोमबार नै दरबार होटलमा काम गर्ने यामबहादुर विश्वकर्मासँग गइसकेकी आरोप लगाइन्।
सांसद यादवले रानीको अरुसँग साँठगाँठ रहेको आरोप लगाएकी छिन्।

1 COMMENT

  1. कडा कारवाहि हुनु पर्छ येसरि सबैतिर बाट एउटा महिला माथि सोसन हुनु कस्तो लाज पचेको मान्छे हरु रहेको रैछ भन्ने कुरा स्पसट हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.