कोहलपुर, २९ आश्विन । नेपाल आयल निगमले पम्पहरुमा उपलब्ध गराएको पेट्रोल प्रहरी र सेनाका सुरक्षकर्मीबाटै कालोबजारी भएको पाइएको छ ।

सर्वसाधारणका लागि मोटरसाईकलमा प्रतिव्यक्ति ५ सय रुपैँयाको मात्रै पेट्रोल वितरण भइरहँदा प्रहरी र सेनाका सुरक्षाकर्मी जर्किन, बोतल र जारमा ओसारी रहेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ– प्रहरी पोष्ट र आर्मिको क्याम्पको नाम लिँदै पम्पबाबाट प्रतिलिटर १ सय ३ रुपैँयामा किनेको पेट्रोल बाहिर जिल्लाका आफन्तकहाँ पुर्याएर १ सय ६० रपैयाँसम्म लिएर बिक्रि गर्ने गरेको खुलेको छ ।  सर्वसाधारण पम्प बाहिर घण्टौ लाईन बसि रहँदा सुरक्षाकर्मी बिना अवरोध जर्किन, बोतल, जारमा पेट्रोल भर्दै ओसारि रहेका हुन्छन् । प्रजिअ वेदप्रकाश लेखकले तेलको कालोबजारी हुन नदिन सचेत रहेको बताए । उनले भने, ‘कालोबजारी गर्ने जोकोही कारबाहीमा पर्छन, यथार्थ बुझ्न खटाई सकेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.