जनकपुरधाम । प्रदेश २ को नामाकरण र राजधानीको टुंगो लगाउन मंगलबार बसेको बैठकमा भएको मतदानमा सबै चार वटै प्रस्ताव अस्वीकृत भएका छन् ।

संघीय समाजवादी पार्टी र राजपाले पेश गरेको मधेश प्रदेशको प्रस्तावको पक्षमा ६० मत मात्र पुगेपछि अस्वीकृत भएको छ । यो प्रस्तावको विपक्षमा ४७ मत खसेको थियो ।

त्यसैगरी, मध्यमधेश ४२ मत, मिथिला भोजपुरा २८ र जानकी ३७ मत प्राप्त गरेर अस्वीकृत भएका थिए । कुनै पनि प्रस्तावमा दुई तिहाइ अर्थात ७२ मत नआएपछि सबै प्रस्ताव अस्वीकृत भएका हुन् ।

आजै राति नामाकरणका प्रस्तावहरूमाथि पनि मतदान हुनेछ । राजधानीका लागि तीन वटा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिँदैछ । जसमा परिक्रमा क्षेत्रसमेत गरी जनकपुरधाम, वीरगञ्ज महानगरपालिका र रक्सौल सीमावर्ती क्षेत्रदेखि जीतपुर सीमासम्म १८ किलोमिटरको बृहत् वीरगञ्ज रहेका छन् ।

जनकपुरमा अधिकांश सांसद् सहमत रहेकाले राजधानी तोकिने निश्चित छ । नाममा सहमति नजुटेकाले फेरि नयाँ प्रस्ताव ल्याएर टुंग्याउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.