
जनकपुरधाम । प्रदेश २ को नामाकरण र राजधानीको टुंगो लगाउन आज बसिरहेको बैठकमा भएको मतदानमा कांग्रेसबाट प्रस्तावित ‘मिथिला भोजपुरा प्रदेश’ पनि अस्वीकृत भएको छ ।
मिथिला भोजपुरमा जम्मा २८ मत मात्र खसेको छ । कांग्रेसले पार्टीका सांसद् संख्याभन्दा ९ मत बढी प्राप्त गरेको छ । कांग्रेसको प्रदेशसभामा जम्मा १९ सदस्य छन् ।
प्रस्ताव पास हुन दुई तिहाइ अर्थात ७२ मत आवश्यक छ । अहिले अन्य सांसद्हरूबाट प्रस्तावित मध्य मधेशमाथि मतदान भइरहेको छ ।
त्यसपछि ‘मधेश’ माथि मतदान हुनेछ । नामाकरणका प्रस्तावहरूमाथि मतदान सकिएपछि आजै राजधानीसम्बन्धी तीन वटा प्रस्तावमा मतदान हुनेछ ।



