जनकपुरधाम । प्रदेश २ को नामाकरण र राजधानीको टुंगो लगाउन आज बसिरहेको बैठकमा भएको मतदानमा नेकपाबाट प्रस्तावित ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ ।

‘जानकी प्रदेश’ मा जम्मा ३७ मत मात्र खसेको छ । जानकी प्रदेशको पक्षमा ३७ र विपक्षमा ९० मत खसेको हो । नेकपाले पार्टीका सांसद् संख्याभन्दा पाँच मत बढी प्राप्त गरेका छन् । नेकपाको प्रदेशसभामा जम्मा ३२ सदस्य छन् ।

अहिले नेपाली कांग्रेसबाट प्रस्तावित मिथिला भोजपुरामाथि मतदान भइरहेको छ । त्यसपछि क्रमशः ‘मध्य मधेश’ र ‘मधेश’ माथि मतदान हुनेछ ।

नामाकरणका प्रस्तावहरूमाथि मतदान सकिएपछि आजै राजधानीसम्बन्धी तीन वटा प्रस्तावमा मतदान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.