जनकपुरधाम । प्रदेश २ को नामाकरण र राजधानीको टुंगो लगाउन आज बसिरहेको बैठकमा मतदान सुरु हुन लागेको छ ।

अहिले तयारी भइरहेको र केहीबेरमा नामाकरणका विषयमा मतदान सुरु हुनेछ । नामाकरणका लागि दर्ता भएका चार प्रस्तावमध्ये सुरुमा जानकी प्रदेशको प्रस्तावमाथि सांसद्हरूले मतदान गर्नेछन् । त्यसपछि अन्य नामहरू क्रमशः ‘मिथिला–भोजपुरा’, ‘मध्य मधेश’ र ‘मधेश’ माथि मतदान हुनेछ ।

नामाकरणका प्रस्तावहरूमाथि मतदान सकिएपछि आजै राजधानीसम्बन्धी तीन वटा प्रस्तावमा मतदान हुनेछ । मतदानका लागि दुई घण्टाको समयावधि छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.