
भारत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोना भाइरसबाट ६४ वर्षीय वृद्धको मृत्युपछि मृतकक संख्या तीन पुगेको हो ।
यसअघि, कर्नाटक र दिल्लीमा एक–एक जनाको मृत्युभएको थियो । कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ जनामा कोरोना देखिएको छ । जसमध्ये तीन विदेशी नागरिक रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारतमा हाल सम्म १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
ताजमहल बन्द गरियो
कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिने आशङ्कामा सावधानीस्वरूप भारतको प्रसिद्ध पर्यटकीयस्थल ताजमहल बन्द गरिएको छ ।
भारतको उत्तर प्रदेश राज्यस्थित प्रसिद्ध स्मारक अहिले बन्द गर्नुपर्ने अवस्था भएको संस्कृति मन्त्रायलले जनाएको छ । प्रत्येक दिन ताजमहलमा सरदर ७०,००० पर्यटक जाने गरेको बताइन्छ ।
सरकारले शैक्षिक संस्था, शपिङ मल, रेस्टुराँ, मदिरालय, व्यायामशाला तथा धार्मिक स्थल जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएपछि भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ ।



