अर्कना खातुन, काठमाडौं, २८ असोज । मधेशमा चलिरहेको आन्दोलनले छिटैै सफलता पाओस भन्दै पर्सा र बारा जिल्लाका मुस्लिम समुदायले दुवा माँगेका छन् । वीरगंज नाकामा मुस्लिम अगुवाले नमाज पढेर दुवा मागेका हुन् ।

नाकाबन्दको २० औं तथा जारी आन्दोलनको ६१ औं दिन पुरा भइसक्दा समेत आन्दोलन जस्ताको त्यस्तै भएकोले वीरगंजस्थित नेपाल भारत मैत्री पुलमा मुस्लिम समुदायले नमाज पढेका थिए ।

नेपाल मुस्लिम अधिकार मंच वीरगंजका कार्यबाहक अध्यक्ष जनत अंसारीको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निकालीएको बृहत रयाली नेपाल भारत मैत्री पुलमा पुगेर सम्पन्न भएको थियो । त्यँही पुगेर सहभागी भएका मुस्लिम समाजका अगुवाहरुले मधेशको माँग चाँडै सम्बोधन होस् र देशले चाँडै निकास पाओस, साथै जारी आन्दोलन सफल हुनका निम्ति मुस्लिम अगुवा मौलाना असगर अली मदनीले नमाज पढि दुवा अर्थात प्राथना गरेका थिए ।

बिभिन्न ठाउँबाट आएको रयाली वीरगंजको घण्टाघरमा आएर बृहत रयालीमा परिणत भएको थियो । मोर्चाको रयालीमा एक्यवद्धता एवं सर्मथन जनाउदै संघीय समावेसी मधेशी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले स्वागत तथा धन्यबाद व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.