काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैयाँ ५० पैसा घटाएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार आज (मंगलबार) रातिदेखि लागू हुने गरी मूल्य घटाइएको छ ।

निगमका अनुसार काठमाडौँमा पेट्रोलका खुद्रा बिक्री मूल्य १०६ तथा डिजेल र मट्टीतेलको मूल्य ९५ प्रतिलिटर कायम गरिएको छ । पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ ।

निगमका अनुसार हवाई इन्धन प्रतिलिटर ९० कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.