एजेन्सी । अमेरिकी अनुसन्धानकर्ताहरूले कोरोना भाइरस अर्थात कोभिड–१९ को पहिलो भ्याक्सिन (खोप) को परीक्षण गरेका छन् ।

सिएटलमा पहिलो पटक एउटी महिलालाई कोरोनाविरुद्धको भ्याक्सिन दिइएको हो । सिएटलको रिसर्च इन्स्टिच्युटका एक चिकित्सकले महिलालाई कोरोना भाइरसको भ्याक्सिन लगाएका हुन् । चीनमा कोरोना भाइरस पहिचान भएपछि केपीडब्ल्यु अनुसन्धान संस्थानका वैज्ञानिकहरूले भ्याक्सिनको विकास गर्न कडा परिश्रम गरेका थिए ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार कोरोनाको पहिलो भ्याक्सिन ४३ वर्षीया जेनिफर हेलर नामकी महिलालाई दिइएको हो । उनी एक टेक कम्पनीकी अपरेशन म्यानेजर हुन् । भ्याक्सिन लगाएपछि उनले भनिन्, ’हामी सबै असहाय महसुस गरिरहेका थियौं, यो मेरो लागि केही गर्ने ठूलो अवसर हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सफलताका लागि आफ्नो देशका चिकित्सकहरूको प्रशंसा गरेका छन् । यो परीक्षण सफल भयो भने भ्याक्सिन बजारमा आउन १२ देखि १८ महिना लाग्नेछ । यो परीक्षणका लागि १८ देखि ५५ वर्ष उमेर समूहका ४५ जनालाई चयन गरिएको छ ।

भ्याक्सिन लगाएकाहरूमाथि ६ हप्तासम्म अनुसन्धान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.