जनकपुरधाम । प्रदेश २ सरकारले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिराको प्रयोगबाट मृत्यु भएकाको परिवारलाई तीन–तीन लाख राहत दिने घोषणा गरेको छ ।

सोमबार बिहान शोकमा डुबेको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया पुगेका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रति मृतक ३–३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनले घरेलु मदिरा बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता पनि जनाए । मुख्यमन्त्री राउतले घटनामा संलग्नमध्ये केही पक्राउ परेको र अन्यको खोजी भइरहेको पनि बताए । उनले प्रदेश २ लाई चाँडै खुला मदिरा मुक्त घोषणा गर्ने तैयारीमा रहेकोसमेत जानकारी दिए ।

रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार नै सुरक्षा समितिको बैठक बसी खुला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।

रमदैयामा होलीका दिन मदिरा प्रयोग गरेकामध्ये एक सातामा ९ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । अन्य केहीको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.