हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मधेशी दलित समुदायले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिहिबार बारा र पर्साका धानुक समुदायले विरोध जुलुस निकालेका छन् ।

वीरगंजमा विभिन्न प्लेकार्ड बोकेर धानुक समुदायले विशाल जुलुस निकालेको छ । उनीहरुले मधेशीको माग पुरा गर, प्रहरी दमन बन्द गर, माग पुरा भएपछि नाका खुल्छ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसअघि जनकपुरमा पनि बुधबार धानुक समाजले मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जुलुस निकालेको थियो । धानुक समुदायको पहिचान धनुषसहित जनकपुरमा जुलुस निकालिएको थियो ।

जनकपुरमा जुलुस निकाल्नु अघि उनीहरुले मधेश आन्दोलनमा मधेशी दलितका माग पनि अघि सारिएको भन्दै आन्दोलनको स्वागत र समर्थन गरेको बताएका थिए ।

dhanuk samaj3

dhanuk samaj

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.