रुपन्देही । रुपन्देहीमा जनमत पार्टीको वडास्तरीय संगठन विस्तार भएको छ । शनिबार पार्टीले गरेको भेलाहरूले विभिन्न स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरिएको हो ।

जसअनुसार लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १, २ र १२, कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ३, गैडहवा गाउँपालिका वडा नम्बर २ मा वडास्तरीय तदर्थ समिति गरिएको छ । लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर १ मा जयकरन वरीको नेतृत्वमा ३५ सदस्यीय समिति बनाइएको छ ।

त्यस्तै, वडा नम्बर २ मा भोला बनियाको नेतृत्वमा २१ सदस्यीय समिति र वडा नम्बर १२ मा दुर्गाप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीयसमिति बनाइएको छ । त्यसैगरी, कोटहीमाइ गाउँपालिका वडा नम्बर १ मा रामकृष्ण यादवको नेतृत्वमा ३१ सदस्यीय समिति, कोटहीमाई गाउँपालिका वडा नम्बर ३ मा रामनरेश यादवको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरिएको छ ।

त्यस्तै, गैडहवा गाउँपालिका वडा नम्बर २ मा राममिलन यादवको नेतृत्वमा २१ सदस्यीय वडा तदर्थ समिति निर्माण गरिएको छ । रुपन्देहीमा आइतबार पनि विभिन्न सात वडामा तदर्थ समिति बनाइँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.