एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना भाइरसको रिपोर्ट निगेटिभ आएको छ ।

ह्वाइट हाउसका चिकित्सकले ट्रम्पको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘प्राप्त रिपोर्ट नेगेटिभ देखिएको पुष्टि भएको छ’ ट्रम्पका चिकित्सक सेन कोल्लीले भनेका छन् ।

केही दिनअघि राष्ट्रपति ट्रम्पले ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधिमण्डलसँग भेट गरेका थिए । पछि प्रतिनिधिमण्डलका केही सदस्यमा कोरोनाको संक्रमण देखिएको थियो । ट्रम्प उनीहरूसँग रात्री भोजमा समेत सहभागी भएका थिए ।

७३ वर्षीय ट्रम्पलाई पनि भाइरस संक्रमणको आशंकामा परीक्षण गरिएको हो ।

यसैबीच, अमेरिकाले बेलायत र आयरल्यान्डबाट आउनेहरूमाथि प्रतिबन्ध लगाएको छ । तर, उपराष्ट्रपति पेन्सले ती देशका नागरिकलाई प्रवेश गर्न निषेध गरे पनि अमेरिकी नागरिकहरूलाई घर फर्किन दिने बताएका छन् । अमेरिकामा कोरोनाबाट ५१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, २४९९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

कोरोना भाइरसबाट आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या ५ हजार ८ सय ३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.