हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । सरकारको प्रमुख घटक नेकपा एमालेले राष्ट्रपतिमा पनि दाबी गर्ने देखिएको छ । एमालेभित्र राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने बारे छलफल गहिरिँदै गएको छ ।

पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारीका लागि फरक फरक व्यक्तिको नाम आएको बुझिएको छ । छलफलमा एमाले उपाध्यक्ष विद्या भण्डारी, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख सुवास नेम्वाङ र पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसम्मको नाम आएको छ । तर, पार्टीले उपाध्यक्ष विद्या भण्डारीको नाम राष्ट्रपतिको लागि दिने सम्भावना बलियो रहेको स्रोतले जनाएको छ ।

एमालेबाट राष्ट्रपतिको रुपमा विद्या भण्डारीको नाम आउन सक्ने लगभग पक्का भइसकेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.