
एजेन्सी । कोरोना भाइरसको प्रभाव सुरूमा चीनसहित केही एशियाली मुलुकमा देखिए पनि पछिल्लो समय यसले युरोपलाई केन्द्र बनाएको छ ।
कोभिड–१९ को सङ्क्रमणका कारण शनिबारसम्म पाँच हजार ६ सय १५ जनाको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १ सय ८९ जनाको मृत्यु भएको छ । चीनमा नयाँ व्यक्तिमा संक्रमण र मृत्यु दर कम हुँदै गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
शनिबारसम्ममा कोरोना भाइरसको संक्रमण १ सय ३५ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
चीनपछि बढी प्रभावित इटली र इरानमा संक्रमणका कारण क्रमशः एक हजार २ सय ६६ र ६ सय ११ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोनाका संक्रमित एक लाख ४९ हजार ८ सय ८१ भेटिएका छन् । जसमध्ये ७३ हजार ७ सय २६ जना उपचार पाएर निको भइसकेको छन् ।
कोरोना भाइरस संकटको शनिबार साँझसम्मको विश्वभरको तथ्यांक :















