काठमाडौं । विश्वभरि नै तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि भारतले आइतबारदेखि स्थलमार्गबाट प्रवेश गर्ने सबै नाकाहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।

नेपाली र भारतीयहरुको आवत–जावतका लागि भारतले चार वटा नाकाहरुको प्रयोग दिइने जनाएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि भारतको स्वास्थ्य मन्त्रालयले एडभाइजरी जारी गर्दै सबै विदेशी नागरिकहरुका लागि पर्यटक भिसा रद्द गर्ने जनाएको थियो ।

सोही अनुरुप स्थलमार्गबाट भित्रिने विदेशी नागरिकहरुलाई पनि कडाइ गर्न सीमा नाकाहरु बन्द गरेको हो ।

भारतीय गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको बनबासा–भिमदत्त महेन्द्रनगर, उत्तर प्रदेशसँग सीमा जोडिएको सुनौली–बेलहिया, विहार राज्यको रक्सौल–वीरगंज र पश्चिम बंगालको रानिगंज–काकरभिट्टा नाकाबाट मात्र नेपालीहरु भारत प्रवेश गर्न पाउने छन् ।

यी नाकाबाट पनि तेस्रो मुलुकका नागरिकहरु भारत प्रवेश गर्न पाउने छैनन् ।

यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ । बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन गर्न दिने छ ।

यो व्यवस्था आइतवारदेखि अर्को सूचना जारी नगर्दासम्म कायम रहने भारतीय गृह मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.