
भक्तपुर । भक्तपुरको चाँगुनारायणमा टिपरको ठक्करले एक बालकको मृत्युभएको छ ।
चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनीटिपरको ठक्करबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मध्यपुर अस्पताल ठिमी पु¥याउने क्रममा बालकको मृत्यु भएको जनाइएको छ ।
प्रहरीले सवारी साधन र सवारी चालक भक्तपुर नगरपालिका–९ च्यामासिं बस्ने ४० वर्षीय श्याम फैजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।



