हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले मधेश आन्दोलन कमजोर नभएको दाबी गरेका छन् । उनले मधेशी दलहरुले मधेशी जनतालाई धोका नदिएको बताउँदै मधेश आन्दोलनलाई झनै उचाईंमा पुर्याउन प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी भएको दाबी गरेका हुन् ।
हुलाकी नयूजसँगको कुराकानीमा झाले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा मधेशी दलहरु सहभागी हुनुले मधेशी आन्दोलनलाई झनै बल पुगेको बताउँदै बुँदागत रुपमै तीनवटा फायदा भएको जनाए ।
मधेशी दल संसदीय प्रणालीमा सहभागी हुनुले मधेश आन्दोलन सडक र सदनसम्म पुगेको उनको भनाई छ । उनले प्रधानमन्त्री निर्वाचनमा सहभागी हुनुको दोस्रो कारण संसदमा मधेश विरोधी शक्तिलाई कमजोर बनाउनु रहेको जनाएका छन् । सरकार निर्माण प्रक्रियाको क्रममा बनेका नयाँ गठबन्धन र पुराना मोर्चाहरुमा देखिएको ध्रुविकरणलाई इंगित गर्दै झाले मधेश विरोधी शक्तिहरुको एकतामा कमी आएको पनि दाबी गरेका छन् ।
झाले मधेशमा स्थानीय नेता कार्यकर्ताहरु रुष्ट भएको सन्दर्भमा मधेशी दलको रणनीति बुझ्न नसकेको स्पष्टिकरण दिएका छन् । उनले भने, ‘उहाँहरुले गलत बुझ्नुभयो । हामी सरकार बनाउन गएको होइन । हाम्रो आन्दोलन जारी छ ।’
नेपाल सदभावना पार्टीकी उपाध्यक्ष सरिता गिरीले फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेको प्रसंगमा झाले आफूलाई कुनै जानकारी नभएको बताए । उनले गिरीले अहिलेसम्म पार्टीलाई यससम्बन्धी केही जानकारी नदिएको जनाएका छन् । अध्यक्ष झाले फेसबुकमा केही लेख्दैमा त्यो आधिकारिक नहुने बताउँदै गिरीले फोनमार्फत पनि केही कुरा नगरेको जनाएका छन् । उनले गिरी पार्टीको सम्पर्कमा नरहेको जनाउँदै आधिकारिक र औपचारिक जानकारी नआएसम्म आफूले केही भन्न नसक्ने प्रष्ट पारेका छन् ।




Madeshi neta haru ko triya charitra bujhan sakinna.Ahile samma je vay pni madesh tatha maedhesi, tharu haru ko samman tatha ejjat ko lagi emandar bhae dinus neta haru.