हुलाकी न्यूज, सिरहा । घारबाट भागेर भारतका विभिन्न स्थान पुगेका १० नेपाली बालकलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।

भारतका विभिन्न स्थानमा मजदूरी गरिरहेका सिरहाका १० बालकलाई भारतीय बालअधिकारकर्मीले उद्धार गरेका हुन् । भारतीय अधिकारकर्मीले आज सिरहा प्रहरीको समन्वयमा अभिभावकलाई जिम्मा लगाएका छन् ।

भारतको मधुवनीस्थित बालअधिकार संस्था चाइल्ड लाइन क्लबले उद्धार गरी बालगृहमा राखिएका सुखीपुर नगरपालिका–२ निवासी १४ वर्षीय रमानन्दकुमार दास, १४ वर्षीय हेमनारायण दास, नवराजपुर गाउँपालिका–४ निवासी १४ वर्षीय भगवतीकुमार मण्डल, सोही ठाउँका १० वर्षीय सन्तोष मण्डल, ११ वर्षीय रोशनकुमार मण्डल, १३ वर्षीय सुनिलकुमार मण्डल, १५ वर्षीय इन्द्रजित मण्डल, १६ वर्षीय वीरेन्द्र महरा, १७ वर्षीय शैलेन्द्रकुमार राम र १४ वर्षीय सुरेशकुमार रामलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको हो ।

मजदूरी गरिरहेको अवस्थामा उद्धार गरिएका बालकलाई सिरहा नगरपालिका–१७ माडरबाट जिल्ला प्रहरी कार्यालय सिरहाको पहलमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.