हुलाकी न्यूज, कपिलवस्तु । कपिलवस्तुमा एक महिलामाथि तेजाब प्रहार भएको छ ।
महाराजगञ्ज नगरपालिका–१ महाराजगञ्जमा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् । महिलाको निधार र शरीरमा तेजाब छ्यापिएको छ । गुप्ताको अवस्था खतरामुक्त रहेको चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।
उनको भैरहवास्थ्ति युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ । क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ । वरईले क्रिकेट ब्याट भाँचेपछि ब्याटको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए ।
वरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् । तेजाब प्रहार गर्ने वरईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



