हुलाकी न्यूज, सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरी एक जवानले आफैंमाथि गोली प्रहार गरेका छन् ।

सशस्त्र प्रहरी बल नं. १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफूले नै गोली प्रहारबाट गम्भीर घाइते भएका छन् । उनी एसएलआरबाट आफैंलाई गोली हानेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जनकारी दिएका छन् ।

सर्लाही बलरा नगरपालिका निवासी मिश्राको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.