हुलाकी न्यूज, बारा । पत्रकार वीरेन्द्र साहको हत्या घटनाका मुख्य आरोपी कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराका पत्रकार साहको १२ वर्षअघि हत्या थियो । जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई प्रहरीले हो ।

नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड हवाई फायरसमेत गर्नु परेको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । नियन्त्रणमा लिने क्रममा केही आफन्तले अवरोध गरेपछि हवाइ फायर गर्नुपरेको पनि प्रहरीले जनाएको छ । हत्यामा संलग्न अन्य दुई जना अझै फरार छन् ।

लामो समयदेखि फरार रहेका फौजदार होली मनाउन घरमा आएको गोप्य सूचनाका आधारमा प्रहरी उनको घर पुगेको थियो ।

एभिन्यूज टिभीमा कार्यरत साहको २०६४ साल असोज १८ गते पिपरा बजारबाट अपहरण गरी टाँगिया वस्तीको जंगलमा हत्या गरिएको थियो । अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.