हुलाकी न्यूज, काठमाडौं । जनकपुरधाममा ‘मास्क’ लगाएर होलीसम्बन्धी सार्वजनिक कार्यक्रमहरू गरिने भएको छ ।

कोरोना भाइरसको त्रास चौतर्फी रूपमा बढिरहेका बेला र सरकारले पनि सार्वजनिक कार्यक्रमहरू नगर्न आग्रह गरिरहेका बेला जनकपुरधाममा भने आफ्नो परम्परालाई निरन्तरता दिँदै सतर्कता अपनाई मास्क लगाएरै भए पनि होलीसम्बन्धी कार्यक्रमहरू गर्ने निर्णय गरिएको हो ।

जनकपुरधाममा होली पर्वको अवसरमा विगतमा जस्तै यस वर्ष पनि होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन गरिने आयोजक मिथिला नाट्यकला परिषद् मिनापले जनाएको छ । मिनापले शनिबार पत्रकार सम्मेलन गरी २५ गते होरी गायन प्रतियोगिता र २६ गते महामूर्ख सम्मेलन गर्ने जानकारी दिएको छ ।

मिनापका सचिव सन्दीप साहले मास्क लगाएर दुबै कार्यक्रममा सहभागिता जनाइने र सहभागी हुनेलाई पनि मास्क वितरण गरिने जानकारी दिएका छन् ।

यद्यपि कोरोनाको त्रासलाई ध्यानमा राख्दै सतर्कता अपनाउँदै बढी नजिकिने गतिविधि (अबीर–रंग दल्ने) को सट्टा फूलको माला लगाउने व्यवस्था गरिएको पनि मिनापले जानकारी दिएको छ । मिनापले २०६१ सालदेखि होलीमा महामूर्ख सम्मेलन गर्दै आएको छ ।

विशेष योगदान पु¥याउने व्यक्तिलाई महामूर्ख सम्मेलनमा सम्मान गरिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.