रंजन भण्डारी, जलेश्वर, २८ आश्विन । महोत्तरीमा रेडियोकर्मी सञ्जाल गठन गरिएको छ । महोत्तरीमा कार्यरत एफएम रेडियोकर्मीहरुको भेलाले एफएम रेडियोकर्मी सञ्जाल गठन गरेको हो ।

महोत्तरीमा रेडियो एफएममा कार्यरत रेडियोकर्मीहरु विभिन्न समयमा रेडियो संचालक, प्रसासन, आन्दोलनकारी लगायतकाहरुबाट प्रताडित हुँदै आईरहेकोमा एकताबद्धभई त्यसतो परिस्थितिको सामना गर्न सञ्जाल गठन गरिएको सञ्जालका संयोजक घनश्याम भगतले बताएका छन् । भगतले रेडियोकर्मीहरुको हकहित र पेशागत संरक्षण पनि सञ्जालबाटै गरिने जनाएका छन् ।

सञ्जालको सचिवमा रेडियो गौशालाकी सुनिता महतो तथा कोषाध्यक्षमा रेडियो सोनामाई रामगोपालपुरका किशोर कुमार ठाकुर चयन भएका छन् । सदस्यहरुमा रेडियो गौशालाका अजय साह, रेडियो सोनामाईका बिष्णु कुमार यादव, रेडियो जलेश्वरनाथका गोपाल झा, रेडियो रुद्राक्षकी दिपीका कुमारी साह, रेडियो मिर्चीकी नरगिश भगतलाई चयन गरिएको छ भने सल्लाहकारमा पत्रकार नागेन्द्रकुमार कर्ण, राकेशप्रसाद चौधरी तथा विशेष सल्लाहकारमा मधेशी पत्रकार समाजका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका पुर्व सभापति दशरथ भण्डारीलाई सर्वसम्मतीले चयन गरिएको छ ।
radiokarmi sanjal-001

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.