हुलाकी न्यूज, एजेन्सी । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट शनिबार बिहानसम्म मृत्यु हुने संख्या तीन हजार चार सय ९५ पुगेको छ ।
त्यस्तै, हालसम्मको संक्रमितको संख्या एक लाख दुई हजार २ सय २४ पुगेको छ । त्यस्तै, ५७ हजार ६ सय ११ जनाले उपचार पाएर घर फर्किसकेका छन् ।
चीनमा तीन हजार ७० जनाको मृत्यु भइसकेको छ । त्यस्तै चीन बाहिर इटालीमा सबभन्दा बढी एक सय ९७ जनाको मृत्यु भएको छ । इरानमा १ सय २४ र दक्षिण कोरियामा ४४ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अमेरिकामा १५ जनाको मृत्युभएको छ ।
छिमेकी मुलुक भारतमा ३१ जनामा कारोनाको संक्रमण देखिएको छ । कोरोना प्रभावितको संख्या अत्यधिक देखिएपछि निको हुनेको संख्यामा धेरै रहेको छ । चीनमा हालसम्म ८० हजार ६ सय ५१ जनामा कोरोना देखिएको थियो ।
जसमध्ये ५५ हजार चार सय ४ जना निको भइसकेका छन् । अहिले चीनमा २२ हजार एक सय ७७ मात्र कोरोनाबाट संक्रमित छन् । विश्वस्वास्थ्य संगठनका अनुसार संक्रमित भएकामध्ये मृत्यु हुनेको दर ६ प्रतिशत छ भने उपचारपछि ठीक हुने ९४ प्रतिशत छन् ।
शनिबार बिहानसम्मको सूची





