हुलाकी न्यूज, रियाद : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले नेपालको संघीय संसदलाई नेपाली कामदारहरुको अवस्थाका बारे प्रतिवेदन बुझाएको छ।

एनआरएमएको साउदी शाखाले नेपालको संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको श्रम समितिलाई नेपाली कामदारहरुको अवस्थाका विषयमा प्रतिवेदन बुझाएको हो।

साउदीको भ्रमणमा रहेको संसदीय समितिलाई शुक्रबार एक कार्यक्रममा बिच प्रतिवेदन बुझाइएको एनआरएमएक नेता एवं जनमत पार्टीका विदेश विभाग सदस्य निर्मल मण्डलले जनाएका छन्।

मण्डलका अनुसार साउदीमा रहेका महिला कामदारहरुको अवस्था बारे संसदीय समितिले छलफल गरेको थियो। कार्यक्रमको आयोजना प्रवासी नेपाली समन्वय समितिले गरेको थियो।

संसदीय समितिमा श्रम समितिका सभापति विमल श्रीवास्तव, सांसदहरु प्रमोद साह र डा.सुर्यनारायण यादवलगायतका सहभागी थिए।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.