हुलाकी न्यूज, काठमाडौं । नेपाली कांग्रेसले कोरोनाभाइरसप्रति सकर्तकता अपनाउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ ।
कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको प्रयास र यसविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको ठहर गर्दै यो प्रस्ताव पेस भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले कोरोना संक्रमणबाट बच्नका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।
अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकैपटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले सुझाएका छन् । अन्य देशमा सांसद, मन्त्रीहरूसम्मलाई संक्रमण भएको भन्दै उनले अहिले हामी कामना गरेर बस्ने कि यो समयको सदुपयोग गर्ने भन्ने पनि प्रश्न गरे । सांसद् थापाले कालाबजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न पनि आग्रह गरेका छन् ।
उनले खाली रहेका भवनहरूलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको वेड विस्तार गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
फेबु्रअरी २० दे ि २७ सम्ममा मात्र इटाली, जापान, कोरिया र चीनसम्मका गरी १ हजार ३ तीन ७८ जना नागरिक नेपाल प्रवेश गरेको र तिनीहरू कहाँ छन् भन्ने कुनै जानकारी सरकारले नभएको पनि उनले बताए ।



