हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेपत्ता पारिएकाको परिवारले न्याय पाउन विलम्ब भइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधाम बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गरेको पीडित तथा सरोकारबालाहरूसँग प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुन नसकेको बताएका हुन् ।

उनले पीडितका समस्या समाधानका लागि गठन गरिएको आयोगले छिट्टै आफ्नो काम पूरा गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पीडित परिवारलाई न्याय दिने सवालमा आयोगले विलम्ब गर्न नहुने बताए । कार्यक्रममा पीडित परिवारका सदस्यहरूले राज्यले आफूहरूलाई बेवास्ता गरेका गुनासो गरेका छन् । उनीहरूले बेपत्ता पारिएका आफ्ना आफन्तको सास कि लाश दिन राज्यसँग माग गरे ।

कार्यक्रममा आयोगका आयुक्त युवराज सुवेदी, आयोगका सदस्यसमेत रहेका अधिवक्ता सुनिलरञ्जन सिंह, आयोगका सहसचिव इश्वरीप्रसाद ढकाललगायतले आयोगले गर्दै आएको कामका विषयमा जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.