हुलाकी न्यूज, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा होली खेल्न रोक लगाइएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै काठमाडौंमा होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

जिल्ला सुरक्षा समन्वय समितिको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएकोे छ ।

अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ ।

यसका साथै, काठमाडौंमा सार्वजनिक कार्यक्रमहरूका लागि पनि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिइने सीडीयो दाहालले जानकारी दिएका छन् । त्यस्तै, पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.