हुलाकी न्यूज, महोत्तरी । महोत्तरीको बर्दिबासमा जीपले ठक्कर दिँदा एक जनाको मृत्युभएको छ ।
गएराति बीपी राजमार्गअन्तर्गत बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा पिकअपले ठक्कर दिँदा सिन्धुली कमलामाई नगरपालिका–७ का ४६ वर्षीय दीप खत्रीको मृत्युभएको हो ।
बा. ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको स. १ च १८०६ नम्बरको पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको बर्दिवासमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा मृत्युभएको थियो ।
सोही दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–५ का ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते भएका छन् । उनको उपचार बर्दिवासमा भइरहेको प्रहरीले जनाएको छ ।



