हुलाकी न्यूज, काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संसदको ल्होत्से हलमा बुधबार बिहान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन् । माघ ९ गते भएको राष्ट्रियसभाको चुनावबाट १८ सांसद् चुनिएका थिए । बाँकी एक जनालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मनोनित गर्ने छिन् । हिजो मात्रै दुई वर्ष पूरा गरेका १९ सांसद्को बिदाइ गरिएको थियो ।
नयाँ सांसद् को–को ?
राष्ट्रियसभाका नयाँ सांसद्हरूमा गोपी अच्छामी, इन्दिरा गौतम, देवेन्द्र दाहाल, शेखर सिंह, तुलसा दाहाल, मृगेन्द्र सिंह यादव, राधेश्याम पासवान, बेदुराम भुसाल, गंगाकुमारी बेलबासे, नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने, विमला घिमिरे, गोपाल भट्टराई, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा, सुमित्रा बिसी, तारामान स्वाँर र शारदा भट्ट रहेका छन् । कुल ५९ सदस्य रहेको राष्ट्रियसभामा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि पूरा हुने संवैधानिक व्यवस्था छ ।



