राम एकवाल, जनकपुरधाम, २८ आश्विन । २०६२/६३ अघि कमैले चिन्थे विजय दत्तलाई । ०६२/६३ को आन्दोलन पछि दत्त एकाएक चर्चामा आए, त्यो पनि मानवअधिकारकर्मीको रुपमा । सहप्राध्यापक रहेका दत्तको उक्त आन्दोलन पछि परिचय नै बदलियो ।
पहिला सामान्य सहप्रध्यापक रुपमा चिनिएका दत्त मधेश आन्दोलन पछि एकाएक ‘पपुलर’ भए र सहप्रध्यापकबाट परिचय बदलियो मानवअधिकावादीको रुपमा । त्यसअघि उनी जनकपुरस्थित हजारी जनक विद्यापीठ संस्कृत क्याम्पसमा सहप्राध्यापकको रुपमा कार्यरत थिए र अझै पनि त्यहाँ कार्यरत छन् । अचेल उनी आफुलाई सहप्राध्यापक भन्दा पनि मानवअधिकारवादी भन्न रुचाउँछन् ।
पहिलो मधेश आन्दोलनकै बेला जनकपुरमा रेडियो, एफएम तथा पत्रपत्रिकाहरुसहित संचारमाध्यमको व्यापक विकास भयो । त्यस आन्दोलनलाई नजिकबाट नियालेका एकजना पत्रकार सम्झन्छन्–‘मधेश आन्दोलनमा मधेशीमाथि बर्बर दमन भयो र सोही बेला मानवअधिकारकर्मीको रुपमा विजय दत्तको उदय भयो ।’ त्यतिबेलाको आन्दोलनमा मानवअधिकार हनन् हुँदा दत्तले त्यसलाई गम्भीर रुपमा अनुगमन पनि गर्थे । मानवअधिकारवादीको रुपमा देखिन थालेपछि जनकपुरका मिडियाहरुले दत्तको खुबै चर्चा गरे । मिडियाहरुले उनलाई खुलैरे अधिकारकर्मीको रुपमा चिनाए । उनी मुलुकभरि नै मानवअधिकारवादीको रुपमा चिनिनुमा स्थानीय संचारमाध्यमहरुकै बढी देन रहेको छ ।
तर पछिल्लो समय पदलोलुप्त भएका दत्त राजनीतिक दलको कार्यकर्ता नै बने । उनी नजिकका एकजना भन्छन्–‘पछिल्लो समय एमालेमा प्रवेश गरेपछि पदकै लोभमा उनी मधेश आन्दोलनप्रति चिढि़एका हुन् ।’ एमालेले आफुलाई राजदुत बनाईदिने चर्चा पनि उनी आफु निकटहरुसँग गर्ने गरेका छन् । दत्तले पदको लोभमा अहिले जोसुकैको विरोध गर्न पनि पछि पर्दैनन् । सुरुमा मधेश आन्दोलनको खुलेरै वकालत गरेका दत्तले अहिले मधेश आन्दोलनको ठाडै विरोध गर्छन् । यतिसम्म कि उनलाई मुलुकभरि नै अधिकारकर्मीको रुपमा खुलेरै चिनाएका मिडियाहरुलाई पनि दत्तले काठमाडौँमा गाली गर्न पछि परेनन् । स्थानीय मिडियाहरुले मानवअधिकारवादी दत्त एमालेमा प्रवेश गरेको समाचार सम्प्रेषण गरेपछि उनी अहिले स्थानीय मिडियाविरुद्ध खनिएका हुन् ।
काठमाडौँ पुगेर दत्तले त्याहाँका मिडियाको बढाई–चढाई गर्दै तराई मधेश केन्द्रित मिडियाहरुको खुलेर आलोचना गरेका छन् । उनले स्थानीय मिडियाहरुले गलतरुपमा प्रस्तुत भएपछि तराई सरकारविहीनताको अवस्थामा पुगेको आरोप लगाउँदै मधेशमा दम्भ, दण्डहीनता तथा राज्यविहीनताको अवस्था समेत सिर्जना भएको दाबी गरे ।
काठमाडौंस्थित एक मिडियालाई अन्तर्वाता दिदै दत्तले तराई–मधेशमा स्थानीय स्तरको संचार माध्यमका कारण जनता बीच अन्यौलता र भ्रम सृजना भएको बताए । जनकपुरस्थित हजारी जनक विद्यापीठ संस्कृत क्याम्पसमा सहप्राध्यापक समेत रहेका मानवअधिकारकर्मी दत्तले तराई–मधेश क्षेत्रका मिडियाले गलत अफवाह फैलाई आन्दोलनकारी बनेको आरोप लगाएका छन् । मधेश क्षेत्रका मिडियाहरुले नयाँ संविधानको बारेमा अपव्याख्या मात्र प्रस्तुत गर्दै सही सूचना प्रवाहै नगरि निषेधको राजनीति गरेको आरोप समेत लगाए ।
उनले दोस्रो संविधानसभाको निर्वाचन पछि काँग्रेस र एमालेले बहुमतको आधारमा सरकार गठन गरेको, तर उक्त दलका सभासदहरु काठमाडाँै केन्द्रित भएका कारण जनता उक्त दलमाथि स्वभाविक रुपमा आक्रोशित भएको दाबी गरे । ‘काँग्रेस–एमालेको बहुमत आएपछि उनीहरु आफ्नो क्षेत्रमा नगएको कारण स्थानीय जनता आक्रोशित भएको र उनीहरु सरकारविरुद्ध आन्दोलनमा लागेका कारण अहिले मधेश सरकारविहीन छ’ उनले भने । मधेश केन्द्रित स्थानीय स्तरको मिडियाको आलोचना गर्दै अपारदर्शीता र भ्रमको खेती गरिरहेको उनले आरोप लगाए । स्थानीय स्तरको हरेक मिडिया आन्दोलनकारी जस्तै बोल्ने गरेको र भाषा समेत त्यस्तै प्रयोग गरेका कारण वास्तविक सत्य–तथ्य सावर्जनिक नभएको टिप्पणी गरे ।
उनले भने–‘मधेशमा रहेको सुदुरगाउँका जनताहरु काठमाडौंको टिभी र संचारमाध्यमहरुबाट वञ्चित रहेकोले स्थानीय जनताहरु बाध्यतामा आई त्याहाँका मिडियाको पछाडि लागि सरकारविहीन हुने अवस्था आएको छ ।’ उनले सीमाना नाकाबन्दीलाई आर्थिक नाकाबन्दीको संज्ञा दिदैँ मधेशमा कथित आन्दोलनकारीहरुले अघोषित रुपमा आर्थिक नाकाबन्दी गर्ने प्रयासमा रहेको आरोप लगाए । त्यस्तै अंगिकृत नारिकताको सवालमा पनि उनले तराई मधेश क्षेत्रमा रहेको मिडियाको कडा आलोचना गरे ।
उनी निकट स्रोतको अनुसार राजदुत बन्ने सपना बोकी पछिल्लो समय एमालेमा छिरेपछि दत्त आन्दोलन सुरु हुनुभन्दा अगाडि नै राजदुतको चाँजोपाँजो मिलाउन काठमाडौँ छिरेका थिए । त्यही समयमा मधेशमा आन्दोलन सुरु भयो । आन्दोलन सुरु भएपछि मधेशको आन्दोलन शान्त पार्न वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मधेशमा दमकल पठाउने बताए । स्रोतको अनुसार त्यसको केही समय पछि दत्त एमालेको दमकलको रुपमा जनकपुर आई मानवअधिकारको ज्याकेट लगाई आन्दोलनको सुराकी गर्दै आन्दोलन मत्थर पार्ने प्रयास गरेका थिए । तर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक नेताले आन्दोलन मत्थर पार्ने षड्यन्त्र भईरहेको सुईँको पाएपछि दत्तलाई तथानाम गाली गरेका थिए ।
गाली खाएपछि दत्त पुनः काठमाडौँ फर्केका थिए । त्यसको केही समय पछि पुनः जनकपुर आई फेरी सोही खेलमा लागेपछि युवाहरुले प्रतिवाद गर्ने तयारी गर्दा उनी फेरि काठमाडौँ फर्केका थिए ।
एमाले निकट स्रोतका अनुसार मधेश आन्दोलन चलिरहेकै बेला संविधान जारी भएपछि एमाले धनुषाले गरेको ‘नयाँ संविधानमा चर्चा परिचर्चा’ कार्यक्रम उनकै डिजाइनमा भएको थियोे । उक्त कार्यक्रममा उनी अतिथि बनेर गएपछि बजारमा उनको व्यापक आलोचना पनि भएको थियो ।




best of luck
Pad lolup datta ko aankha 6 vane aaj birgunj ma gayer andoln kari ko lakhau lakh janta ko samuh hrn sak6.yesta madesh drohi le kahile pani madeshi ko hak adhikar ko lagi boln sakdin,yesta lai madeshi putra vanna sakinna.