हुलाकी न्यूज, काठमाडौं । एसीसी इस्टर्न टी–२० क्रिकेटअन्तर्गत बुधबारको खेलमा नेपाल विजयी हासिल गरेको छ । नेपालले थाइल्याण्डलाई ९ विकेटले पारजित गरेको हो । ६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्ल र पवन सर्राफले बिस्फोटक ब्याटिङ गर्दै ५.३ ओभरमा लक्ष्य पूरा गरे ।
ओपनिङमा आएका कुशलले अविजित १८ बलमा ३६ रन जोडे । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । कुशलसँग राम्रो साझेदारी गरेको पवन सर्राफले पनि बिस्फोटक ब्याटिङ गरे । उनले दश बलमा तीन छक्का र दुई चौका प्रहार गरे । पारस खड्का भने पाँच बल खर्चिदै १० रन जोडेर आउट भएका थिए । टस जितेर फिल्डिङ रोजेको थाइल्याण्डले अलआउट हुँदै ६६ रन जोडेको थियो ।
नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछानेले एक र भुवन कार्कीले एक विकेट लिए । नेपालको राष्ट्रिय टीममा भुवन कार्कीले भने शानदार डेब्यू गरेका छन् । थाइल्याण्ड विरुद्ध डेब्यू गरेका उनले पूरा चार ओभर बलिङ गर्दै ६ रन खर्चिएर एक विकेट लिएका छन् ।



