हुलाकी न्यूज, काठमाडौं । कोरोना प्रभावित देशका लागि श्रम स्वीकृति नदिने भनेर आएको समाचारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले खण्डन गरेका छन् । मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन बन्द नगरिएको प्रष्ट पारेका छन् । मंगलबारबाट श्रम स्वीकृति रोकिएर भनेर विभिन्न सञ्चारमाध्यममा समाचारहरू आएका थिए ।

मन्त्री यादवले कतिपय गन्तव्य देशमा कोरोनाको संक्रमण देखिए पनि अहिले नै श्रम स्वीकृति रोक्ने अवस्थामा नआएको पनि बताएका छन् । उनले हल्लाको पछि नलाग्न पनि आग्रह गरे । मंगलबार नै श्रममन्त्री यादव र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीबीच पनि यस विषयमा छलफल भएको छ । छलफलमा सम्बन्धित मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगहरुसँग राय लिएर निर्णयमा पुग्ने तय भएको मन्त्री यादवले बताए । अवस्था जटिल बन्नुअघि नै उपयुक्त निर्णय लिइने उनले भने । सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ ।

दक्षिण कोरियामा कोरोनाको संक्रमण देखिएपछि नेपाली श्रमिक पठाउन पनि स्थगित गरिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाइ गरिएको छ । यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिँदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.