हुलाकी न्यूज, इरान । कोरोना भाइरसबाट चीन बाहिर सबैभन्दा बढी मानवीय क्षति भएको इरानमा २३ सांसद पनि संक्रमित भएका छन् । २३ सांसदलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसका कारण इरानमा मृतकको संख्या ७७ पुगेको छ ।

इस्लामिक गणतन्त्रमा दुई हप्ता पहिले पहिलो घातक यस भाइरसको सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले जनाएका छन् ।

नयाँ भाइरसको सङ्क्रमणको केन्द्र चीन र खासगरी हुबेई प्रान्तको वुहानमा गरी ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणबाट चीनबाहिर सबैभन्दा बढी व्यक्तिको इरानमा मृत्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

यसैबीच इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले सबै नागरिकलाई कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाई लगायत रोकथामका अन्य उपायलाई अवलम्वन गर्न आग्रह गरेका छन् । विश्वभर यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १ सय २० पुगेको छ । सङ्क्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृत्यु हुनेको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.