हुलाकी न्यूज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल सकिएसँगै उनले मंगलबार राजीनामा दिएका हुन् । तर राजीनामा पछि पनि खतिवडालाई ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ ।
आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने बुझिएको छ ।