हुलाकी न्यूज, झापा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश १ को प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । प्रदेश भेला आगामी सोमबारका लागि तय गरिएको थियो । तर, कोरोना भाइरसप्रति सतर्कता अपनाउन ठूलो भेला तथा छलफल नगर्न सरकारले आग्रह गरेपछि नेकपाको कार्यक्रम स्थगित गरिएको प्रदेश प्रमुख देवराज घिमिरेले बताए ।

नेकपाले बागमती, गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशको भेला गरिसकेको छ । नेकपाले मंगलबार झापामा प्रदेशस्तरीय भेलाको तयारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.