हुलाकी न्यूज,
काठमाडौँ । दोश्रो पटक मृगौलाको प्रत्यारोपण गराउन लागेका प्रधानमन्त्री केपीशर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन् ।

उनले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख र दीर्घायूको पनि कामना गरेका छन् । नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले लेखेका छन् ।


प्रधानमन्त्री ओलीको १३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनःअर्को प्रत्यारोपण गरिँदैछ । प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदैछन् ।

उनको बुधबार मिर्गौलाको प्रत्यारोपण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.