हुलाकी न्यूज, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एक व्यक्तिले जुत्ता आक्रमणको प्रयास गरेका छन् । आइतबार काठमाडौंस्थित राष्ट्रियसभामा भएको कार्यक्रममा प्रचण्डमाथि जुत्ता आक्रमणको प्रयास भएको हो ।

नेकपा नेता स्वर्गीय भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आफ्नो मन्तव्य दिएर सिटमा फर्किने क्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । दर्शकदीर्घाबाट प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको थियो । तर, उनले प्रहार गरेको जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने नेकपा समर्थित जुम्लाका कार्यकर्ता २२ वर्षीय रतन तिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिरुवा जुम्लाको सिँजा गाउँपालिका–२ का बासिन्दा हुन् ।

पूर्वमाओवादी कार्यकर्तासमेत रहेका तिरुवाका बुबा मुन तिरुवा माओवादी जनयुद्धकालमा मारिएका थिए । उनी २०५५/५६ सालमा मारिएका थिए । उनको परिवार नै माओवादीमा लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.