हुलाकी न्यूज, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण हुने भएको छ । प्रधानमन्त्री ओलीको मृगौला बुधबार नेपालमै प्रत्यारोपण गरिने भएको हो । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् ।

प्रधानमन्त्री ओलीको साउन १८ गतेदेखि साउन २७ गतेसम्म सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले उपचारका लागि सिंगापुर जानुपरेको थियो ।

मानिसको शरीरमा प्रत्यारोपण गरेको मृर्गाैलाविरुद्ध शरीरले उत्पादन गरेको हानी गर्ने तत्वलाई एन्टीबडी भनिन्छ ।

यसअघि, २०६३ साल असारमा ओलीको दुबै मृगौलाले काम गर्न छाडेपछि भारतीय अस्पतालमा प्रत्यारोपण गरिएको थियो । मृगौला पत्यारोपण गरेपछि देखिएको समस्याका कारण ओली पटक–पटक भारत सिंगापुरमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.