हुलाकी न्यूज,काठमाण्डौं,२७ आश्विन । सदभावना पार्टीका महासचिव मनिष सुमनले प्रधानमन्त्रीको निर्वाचन प्रकियामा भाग लिएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ठुलो गल्ती गरेको बताएका छन् ।
उनले मधेशी मोर्चाले अनावश्यक तर्क गरेर आफ्नो गल्ती ढाकछोप गर्नु साटो मोर्चाले गल्ती स्विकारेर मधेशी जनतासँग माफी माग्नु पर्ने विचार व्यक्त गरेका छन् । सुमनले भने, ‘मधेशी जनतासँग माफि मागे मधेशी जनताले माफी दिने कुरामा म विश्वस्त छु ।’
मधेशी जनताले अरु मधेशी दलभन्दा सदभावनासँग बढी अपेक्षा राखेको समयमा सदभावनाले पनि प्रधानमन्त्री चयन प्रक्रियामा भाग लिनु ठूलो गल्ती भएको उनले बताएका छन् । उनले मधेशी नेतासँग माफी मागेर आन्दोलनमा होमिनु र आन्दनेलनलाई निस्कर्षमा पुर्याउनुको बिकल्प नरहेको प्रष्ट पारेका छन् ।
उनले सदभावना पार्टी अहिले पनि आन्दोलनमै रहेको बताउँदै अध्यक्ष राजेन्द्र महतोले फेरि पनि आन्दोलनमा रहेका मधेशी जनताको नेतृत्व लिने दाबी गरे ।




no mister manish suman , you are wrong way. that constitution assembly was finished now member of Parliament is begin and that two things are two different way one is finished and another is begin . you put the strongly speech and say you voice
गल्ती गनेर साध्य छैन मनिषजी ।
Harikant g tried to turn a blind eye..