हुलाकी न्यूज, एजेन्सी । कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको हो । गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका ५० वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।

ती पुरुषले कोरोना भाइरसको कुनै पनि उच्च जोखिमयुक्त क्षेत्रमा यात्रा गरेका थिएनन् । यो घटनापछि वाशिङटनमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । जोखिमयुक्त क्षेत्रको सम्पर्कमा नआएका व्यक्तिको पनि कोरोनाका कारण मृत्यु भएपछि अमेरिकी स्वास्थ्य अधिकारी चिन्तित भएका छन् । अमेरिकामा कोराना भाइरस संक्रमित व्यक्तिको संख्या ६२ पुगेको छ । उनीहरूलाई क्वारेन्टाइनमा राखी उपचार भइरहेको छ ।

यसअघि कोरोनाको उद्गमस्थल चीनको बुहानमा अर्का एक अमेरिकी नागरिकको मृत्यु भएको थियो । अमेरिकी नागरिकहरूलाई इरान, इटली र दक्षिण कोरियाको भ्रमणमा भने रोक लगाइएको छ । यसैबीच, अस्ट्रेलियामा पनि कोरोना भाइरसबाट पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ ।

कोराना भाइरसको संक्रमणबाट पश्चिम अस्ट्रोयाका ७८ वर्षीय वृद्धको आइतबार निधन भएको हो । कोरोनाभाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो । पर्थस्थित सर चाल्र्स ग्राइड्नर अस्पतालमा ती व्यक्तिको उपचार भइरहेको थियो । ती व्यक्ति आफ्नी पत्नीसहित जापानको क्वारेन्टाइनमा परेको डायमन्ड प्रिन्सेन क्रुज सिपका यात्री मध्येका एक हुन् ।
कोरोनाबाट मृत्यु र संक्रमितका तथ्याङ्क :


विश्व स्वास्थ्य संगठनले विश्वका ५७ देशमा कोरोना भाइरस देखापरेको र झण्डै ३ हजार व्यक्तिको मृत्यु भइसकेको जनाएका छन् । ८६ हजार व्यक्ति संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.