हुलाकी न्यूज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बस्ने बैठक राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णयपछि नेकपामा सुरु भएको विवादमा केन्द्रित हुनेछ ।

यसअघि बुधबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजान सिफारिस गरेको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका पाटी अध्यक्ष केपीशर्मा ओलीले यो निर्णय नमान्ने बताएपछि यसले विवादको रूप लिएको हो ।

सचिवालयको बैठकको निर्णय कार्यान्वयनमा पुनर्विचार गर्ने विषयमा अध्यक्ष ओलीले आग्रह गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा निरन्तरता दिन चाहेका छन् । तर पार्टीले गरेको निर्णय मान्नै पर्ने सचिवालय सदस्यहरूले दबाब दिएपछि ओली अप्ठ्यारोमा पर्दै आएका छन् ।

खतिवडाको राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल फागुन २० गतेबाट सकिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.