हुलाकी न्यूज, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका १३ विभागका प्रमुखहरू मनोनयन गरेको छ । शनिबार सभापति शेरबहादुर देउवाले विभिन्न १३ विभागको जिम्मेवारी तोकेका हुन् ।
जसमा संगठन विभाग गोपालमात्र श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वय विभाग रमेश रिजाल, मुस्लिम विभाग फरमूल्लाह मन्सुर, स्थानीय तह समन्वय विभाग अर्जुनप्रसाद जोशी, वित्तीय तथा सहकारी संस्था समन्वय विभाग आनन्दप्रसाद ढुंगाना, तराई–मधेश समन्वय विभाग, अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वय विभाग महेन्द्र यादव, तरुण विभाग, शंकर भण्डारी, आदिवासी जनजाति विभाग सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभाग गोविन्द भट्टराई, उद्योग व्यापार विभाग चिनकाजी श्रेष्ठ, सूचना, संचार तथा प्रचार विभाग विश्वप्रकाश शर्मा र श्रमिक तथा टे«ड युनियन विभाग शिवप्रसाद हुमागाँइ छन् ।
त्यसैगरी, पाँच केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य समेत मनोनयन गरिएको छ । जसमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ) रहेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम देउवाले केन्द्रीय विभागका प्रमुखमा मनोनयन गरेका हुन् ।



