हुलाकी न्यूज । कोनोना भाइरसको संक्रमण खाडी मुलुकहरूमा पनि देखिन थालेको छ । पछिल्लो समय अत्यधिक नेपाली नागरिक कामदारका रूपमा पुगेको खाडी राष्ट्र कतारमा पनि कोरोनाबाट संक्रमति भेटिएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी मानवीय क्षति भएको इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको कतारका सरकारी समाचार एजेन्सीले जनाएको छ । करिब पाँच लाख नेपाली कामदारका रूपमा वैदेशिक रोजगारमा कतारमा रहेका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृत्यु भएको छ । दक्षिण कोरिया र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।
यसैबीच, ५० भन्दा बढी देशमा फैलिसकेको कोरोनाको त्रास नेपालमा पनि देखिएको छ । नेपालमा कोरोना भाइरस भित्रिन दिन पछिल्लो समय सरकार पनि गम्भीर बनेको छ । सरकारले कोरोना रोकथामको पूर्वतयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ ।
नेपालमा आउने उडान समेत रोक्न सक्ने निर्णय गर्नपर्ने हुनसक्ने भन्दै समितिले पर्यटनमन्त्री योगेश भट्टराईलाई निर्देशन दिएको छ ।



