हुलाकी न्यूज, महोत्तरी । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशको कुम्भ मेला परिक्रमामा सहभागी श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

मधेशको ऐतिहासिक तथा कठोर १५ दिने मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो शिविर सञ्चालन गरेको जनमत महोत्तरीले जनाएको छ ।

जनमत पार्टी बलवा नगरपालिकाद्वरा परिक्रमामा सहभागी श्रधालु भक्तजनहरूलाई निःशुल्क स्वास्थ्य सेवा, पानी इन्सटल, कालो चिया शिविर सञ्चालन गरेको हो ।

जनमतको सो शिविरबाट हजारौं श्रद्धालु भक्तजनहरु लाभान्वित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.