
हुलाकी न्यूज, काठमाडौं : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को अधिवेशनमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दुबई जाने भएका छन्।
एनआरएमएले अधिवेशनसँगै मधेशी होली कार्यक्रमको पनि आयोजना गरेको छ। अध्यक्ष डा.राउत यस पटकको होली पनि दुवई मै रहेका मधेशीहरुसँग मनाउने छन्।
मार्च ६ अर्थात फागुन २३ गते शुक्रबार दुबईको अल कुजमा अधिवेशन तथा होली कार्यक्रमको आयोजना गरिएको एनआरएमएले जनाएको छ।
एनआरएमए दुवईका अध्यक्ष ई.संजय कर्णका अनुसार गैर आवासीय मधेशी संघका संस्थापक अध्यक्षसमेत रहेका डा. राउतले अधिवेशनको उद्घाटनसँगै होली कार्यक्रममा सहभागी हुनेछन्।
अधिवेशन तथा होली कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि राखिएको छ। जसमा विभिन्न चर्चित कलाकारहरु सहभागी हुनेछन्।
डा.राउतले दुवईमा आप्रवासीहरुसँग भेटघाटका साथै नेपाली दूतावासमा पनि अन्तरक्रिया गर्ने छन्।
कार्यक्रममा एनआरएमएका अन्तराष्ट्रिय समिति अध्यक्ष तथा जनमत पार्टीका विदेश विभाग प्रमुख ईन्जिनीयर बसन्त कुशवाहा पनि सहभागी हुने छन्। अध्यक्ष कुशवाहाका अनुसार यस्ता कार्यक्रमले विदेशमा रहेका मधेशीहरुलाई जोड्नुका साथै सांस्कृतिक पहिचान पनि स्थापना गर्नेछ।
अध्यक्ष कुशवाहाले दुवईमा रहेका सम्पूर्ण मधेशीहरुलाई कार्यक्रममा सहभागी हुन विशेष आह्वानसमेत गरेका छन्।
यसैगरी कार्यक्रम एनआरएमए अमेरिकाका अध्यक्ष एवम् जनमत पार्टी विदेश विभागका सदस्य ईन्द्रजीत यादव, संघका कोषाध्यक्ष तथा जनमत पार्टीका विदेश विभाग उप प्रमुख ई.सुरेन्द्र नारायण यादव पनि सहभागी हुने छन्।
एनआरएमए कÞतारका अध्यक्ष एवम् जनमत पार्टी विदेश विभागका सदस्य ई.शम्भुनाथ साह, एनआरएमए साउदीका सह–अध्यक्ष तथा जनमत पार्टी बिदेश विभाग सदस्य उपेन्द्र अधिकारी यादवलगायतको सहभागी रहने जनाइएको छ।




I am a sawarazi yong lidar
Janamat party